News वराहक्षेत्र मेयर लिग कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

वराहक्षेत्र । ‘खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान’ भन्ने नारा यही फागुन २७ गते शनिबारदेखि यहाँ शुरु हुन गईरहेको वडास्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा कुल ११ टोलीहरुको सहभागिता रहनेछ । सहभागि टोलीहरुलाई दुई समूहमा विभाजन गरी शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

वराहक्षेत्र नगर खेलकुद विकास समिति, सुनसरीको आयोजनामा हुन गईरहेको विजेताले आकर्षक चाँदीको ट्रफीसहित नगद २ लाख १ हजार प्राप्त गर्नेछ । आयोजकका अनुसार लगातार तीनपटक उपाधि जित्ने टोलीले त्यो आकर्षक ट्रफीमाथि सधैका लागि कम्जा जमाउन सक्नेछ ।

त्यस्तै दोस्रो हुनेले १ लाख १ हजार हात पार्नेछ भने तेस्रो र चौथो हुने टोलीले क्रमशः ५० हजार र २५ हजार प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने टोलीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

श्री वसन्त ऋतु माविको खेलमैदानमा हुने प्रतियोगिताको फाइनल खेल आगामी चैत्र १४ गतेका दिन हुनेछ ।

Post Comments