News इटहरी गोल्डकपको उद्घाटनमा सगरमाथा र एभनिर भिड्ने (खेलतालिकासहित)
राजकुमार श्रेष्ठ

इटहरी । राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा आगामी चैत्र ४ गतेदेखि शुरु हुन गईरहेको १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

इटहरी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा सगरमाथा युथ क्लब, मोरङ र एभनिर एफसी, क्यामरुन भिड्ने छन् । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने चेत्र ११ गतेका दिन हुनेछ ।

कन्ट्रोल लुब्रिकेन्टसको मुख्य प्रायोजन तथा इटहरी उपमहानगरपालिका, सुनसरीको विशेष सहयोगमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments