News चर्च ब्वाईजको शिर्षता कायमै, थ्रीस्टारको पहिलो जित
गोलनेपाल

काठमाडौं । नवप्रवेशी टोली चर्च ब्वाईज युनाइटेड क्लबले जारी शहिद स्मारक ए डिभिजन लिगमा आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै शुक्रबार लगातार तेस्रो जित हात पारेको छ ।

दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा चर्च ब्वाईजले हिमालयन शेर्पा क्लबलाई १–० ले हरायो र तीन खेलमा तीन जित दर्ता गर्दै तीन अंक जोड्न समेत सफल भयो । खेलको २०औं मिनटमा आशिष चौधरीले गरेको एक मात्र गोल चर्च ब्वाईजलाई जित दिलाउन निर्णायक बन्यो ।

यो जितपछि ३ खेलबाट ९ अंक जोडेको चर्च ब्वाईज लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । उता पराजित शेर्पा भने ४ अंकका साथ सातौं स्थानमा छ ।

थ्रीस्टारको पहिलो जित

त्यस्तै लिगको शुरुवाती दुई खेलमा जितविहीन बनेको पूर्व विजेता थ्रीस्टार क्लबले पनि शुक्रबार लिगमा पहिलो जित दर्ता गर्न सफल भयो । एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले अर्को नवप्रवेशी टोली खुमलटार एफसी विरुद्ध २–० को जित निकाल्यो ।

थ्रीस्टारका लागि खेलको ५४ र ८३औं मिनटमा अजयी मार्टिन्स कायोडेले दुई निर्णायक गोल गरे । मार्टिन्स नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

यो जितपछि तीन खेलबाट ४ अंक जोडेको थ्रीस्टार लिगतालिकाको छैठौं स्थानमा पुगेको छ । उता पराजित खुमलटार भने तीन खेलबाट ३ अंकका साथ नवौं स्थानमा छ ।

 

Post Comments