News जावलाखेलसँग फ्रेण्डस निराश
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ दश खेलाडीमा सिमित फ्रेण्डस क्लबले जावलाखेल युथ क्लबसँग १–० को स्तब्धपुर्ण हार बेहोरेको छ ।

शनिबार एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा जावलाखेलका लागि दोस्रो हाफको ५८औं मिनटमा फोडे फोफोनाले गरेको एक मात्र गोल निर्णायक बन्यो । उता दोस्रो हाफ कै ६२औं मिनटमा साउलो डि ले रातो कार्ड खाँदा फ्रेण्डस दोस्रो हाफमा दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

खेलमा जावलाखेलका निर्णायक गोलकर्ता फोफोना नै म्यान अफ द म्याच घोषित भए । यो जितसँगै ११ खेलबाट १८ अंक जोडेको जावलाखेल लिगतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित फ्रेण्डस भने १४ अंकका साथ नवौं स्थानमा छ ।

Post Comments