News बंगलादेश जाने नेपाल यु–१७ महिला फुटबल टोलीको विदाई
गोलनेपाल

काठमाडौं । बंगलादेशमा हुन गईरहेको साफ यु–१७ महिला च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली टोलीको शुक्रबार एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ ।

एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष बिर बहादुर खड्का, कार्यवाहक महासचिव तथा उप–महासचिव दामोदर भट्टराई, प्रवक्ता सुरेश साह, कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेकु लगायतले नेपाली यु–१७ महिला फुटबल टोलीलाई विदाई गरेका थिए ।

ढाका स्थित कमलापुर स्टेडियममा हुने साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, भुटान, भारत र अतिथी टोलीका रुपमा रसियाले सहभागिता जनाउँदैछ ।

नेपालले चैत ६ गते हुने उद्घाटन खेलमै भारतसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै चैत ८ गतेका दिन भुटानसँग खेल्नेछ भने चैत १२ गतेका दिन रसियासँग खेल्नेछ । त्यसैगरी लिग चरणको अन्तिम खेलमा नेपालले चैत १४ गतेका दिन आयोजक बंगलादेशसँग खेल्नेछ ।

सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली विजेता बन्नेछ ।

Post Comments