News लिगमा आज तीनै विभागीय टोलीहरुको खेल
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ चैत ४ गते शनिबार तीनै विभागीय टोलीहरुको आ–आफ्नो खेल्ने कार्यक्रम तय भएको छ ।

दिनको २ः३० बजेदेखि च्यासल स्टेडियममा फ्रेण्डस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । सोही समयमा दशरथ रंगशालामा नेपाल पुलिस क्लबले न्युरोडटिम (एनआरटी) को सामना गर्दैछ ।

त्यस्तै दिनको अन्तिम खेलमा बेलुका ५ः३० बजे दशरथ रंगशालामा मनाङ मस्र्याङ्दी क्लब र एपिएफ क्लब भिड्ने कार्यक्रम छ ।

स्मरण रहोस, मनाङ र एपिएफ बीच हुने खेल अघि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई सम्मान गरिने कार्यक्रम पनि छ । साथै आज लिगमा उठ्ने टिकट रकम सबै नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याण कोषलाई हस्तान्तरण गरिने लिगको डिजिटल, टिकटिङ र मार्केटिङ पार्टनर एमडीएसी स्पोर्टस प्रा.लि.ले घोषणा गरिसकेको छ ।

Post Comments