News
साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपालको खराब शुरुवात
काठमाडौं । सोमबारदेखि बंगलादेशमा शुरु साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपालले खराब शुरुवात गरेको छ । ढाका स्थित बिर शेरेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको उद्घाटन खेलमा नेपालले भारतको हातबाट १–४ को हार बोहोर्यो ।
नेपालका लागि वर्षा ओलीले एक मात्र गोल फर्काएकी थिईन् । नेपालले आफ्नो दोस्रो खेल बुधबार भुटानसँग खेल्नेछ ।
त्यस्तै सोमबार नै भएको अर्को खेलमा आयोजक तथा दावेदार बंगलादेशले भुटानमाथि ८–१ को जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गर्यो ।
प्रतियोगितामा एक पाहुना टोली रसियासहित दक्षिण एसियाका बंगलादेश, भारत, भुटान र नेपालको सहभागिता रहेको छ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली च्याम्पियन बन्नेछ ।
Post Comments