News जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बिराटनगर । संघर्षपुर्ण जितका साथ जावलाखेल युथ क्लब यहाँ जारी बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा जावलाखेलले दावेदार त्रिभुवन आर्मी फुटबल क्लबलाई सडन डेथमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि शहिद रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा जावलाखेल युथ क्लबका सिमान्त थापा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत ११ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल एपिएफ फुटबल क्लब र ड्रुक ल्हायुल एफसी, भुटानबीच हुने आयोजकले जानकारी दियो ।

यही चैत १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० लाख १५ हजार हात पार्नेछ भने उपविजेताले १० लाख ५१ हजार प्राप्त गर्नेछ ।

Post Comments