भोजपुर । आयोजक भोजपुर जिल्ला फुटबल संघ जारी छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलतर्फ भोजपुरले डागीहाट युथ क्लब, मोरङलाई सडन डेथमा हराउँदै उपाधि नजिक पुगेको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको छैठौं मिनटमै बिशाल पाण्डेको गोलबाट डागीहाटले खेलमा अग्रता लिएको थियो । तर पहिलो हाफ कै ३५औं मिनटमा रेमन उदासले भोजपुरका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
निर्धारित समयको खेल र टाईब्रेकरमा पनि नतिजा निस्किन नसकेपछि सडन डेथमा भोजपुरले ८–७ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो । खेलमा भोजपुरका धिराजन मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३५ सय र मेडल हात पारे ।
प्रतियोगिता अन्तरगत चैत १५ गते बुधबारको दोस्रो सेमिफाइनल खेल एभनिर एफसी, क्यामरुन र गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवलबीच हुने आयोजकले जानकारी दियो ।
भोजपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा