News भारतलाई ट्राई–नेशन कपको उपाधि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा इन्टरनेशनल विन्डोतर्फ घरेलु मैदान मै सम्पन्न हिरो ट्राई–नेशन कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । लिग चरणको अन्तिम खेलमा किर्गिस्तानलाई २–० ले हराउँदै शतप्रतिशत जितका साथ भारत च्याम्पियन बनेको हो ।

इम्फाल, मणिपुरमा भएको खेलमा भारतका लागि ३४औं मिनटमा डिफेन्डर सन्देश झिंगनले पहिलो गोल गरेका थिए भने ८३औं मिनटमा कप्तान सुनिल क्षेत्रीले पेनाल्टीबाट दोस्रो गोल थपेका थिए ।

भारतले आफ्नो पहिलो खेलमा अर्को पाहुना टोली म्यानमारलाई १–० ले हराएको थियो । त्यस्तै म्यानमार र किर्गिस्तानबीच भएको खेल भने १–१ को बराबरीमा टुंगिएको थियो ।

Post Comments