News झरना स्पोर्टस क्वाटरफाइनलमा
सुरज राना मगर

भैरहवा । झरना स्पोर्टस क्लब, कुञ्जलापुर जारी २९औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ झरनाले समपुर्ण युवा क्लब, सुपौलीलाई ३–१ ले हराउँदै अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो ।

पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको खेलको छैठौं मिनट मै टिका बुढाथोकीको गोलबाट झरनाले खेलमा अग्रता लिएको थियो । २६औं मिनटमा हरि कुमालले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफ कै अतिरित्तः समयमा सुन्दर बगालेले तेस्रो गोल गर्दै झरनाको जित पहिलो हाफ मै पक्का गरेका थिए ।

उता समपुर्णका लागि दोस्रो हाफतर्फ अनुज थापाले एक गोल फर्काए तापनि टोलीलाई खेलमा फर्काउन सकेनन् । खेलमा झरनाका हरि कुमाल म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत १६ गते बिहीबारको प्रिक्वाटरफाइनल खेल नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र भैरव एफसी, नयाँ गाउँबीच हुने आयोजकले जानकारी दियो ।

माछापुच्छ्रे फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष युवराथ जापाले बताए । फाइनल खेल चैत २७ गतेका दिन हुनेछ ।

Post Comments