News सहज जितका साथ एभनिर भोजपुर गोल्डकपको फाइनलमा
गोलनेपाल

भोजपुर । सहज जित निकाल्दै एभनिर एफसी, क्यामरुन जारी छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा गोर्खा ब्वाईज स्पोर्टस कलब, बुटवललाई शून्यका विरुद्ध ३ गोलले हराउँदै एभनिर उपाधि नजिक पुगेको हो ।

खेलको ३४औं मिनटमा मेसीको गोलबाट एभनिरले खेलमा अग्रता लिएको थियो । त्यसको पाँच मिनट लगतै टिम्बा टिम्बाले त्यो अग्रता दोब्बर पारे । त्यस्तै दोस्रो हाफको ६८औं मिनटमा बोयोमोले एभनिरका लागि तेस्रो तथा अन्तिम गोल गर्दै टोलीको जित र फाइनल यात्रा पक्का गरेका थिए ।

खेलमा एभनिरका टिम्बा टिम्बा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३५ सय र मेडल हात पारे । एभनिरले बिहीबार हुने फाइनलमा आयोजक भोजपुर जिल्ला फुटबल संघसँग उपाधिका लागि भिड्ने छ ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

Post Comments