News पाँचौ घोडेटार गोल्डकप बैशाख पहिलो सातादेखि
गोलनेपाल

घोडेटार । हतुवागढी गाउँपालिका खेलकुद विकास समिति, भोजपुरको आयोजनामा नयाँ वर्षको अवसर पारी आउँदो बैशाख ४ देखि १० गतेसम्म पाँचौ घोडेटार गोल्डकप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

घोडेटार, भोजपुर स्थित सगरमाथा माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी शुरु भईसकेको आयोजकले जानकारी दियो । त्यस्तै टिमदर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ । इच्छुक क्लबहरुले टिमदर्ताका लागि बैशाख ३ गतेसम्म ५५ सय बुझाई टिमदर्ता गर्न सकिनेछ ।

हतुवागढी गाउँपालिका, भोजपुरको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १० हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद २० हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

उद्योग वाणिज्य संघ, घोडेटारको विशेष सहयोग रहने प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments