News फिफा वरियतामा नेपालको स्थान सुधार
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको अप्रिल महिनाको ताजा वरियतामा नेपालले एक स्थान सुधार गर्दै १७४औं स्थानमा पुगेको छ । भर्खरै सम्पन्न प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि जितेपछि नेपालको वरियतामा पनि सुधार भएको हो । दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा यथावत छ ।

त्यस्तै पाँच स्थान सुधार गर्दै १०१ स्थानमा पुगेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमै यथावत छ । दुई स्थान सुधार गरेको माल्दिभ्स १५४औं स्थानमा रहेर दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।

त्यसैगरी १८५औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ चौथो स्थानमा छ भने १९२औं स्थानमा पुगेको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । १९५औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैठौं स्थानमा रहँदा २०७औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ पुछारमा छ ।

त्यस्तै विश्व वरियताको शिर्ष स्थानमा विश्व च्याम्पियन अर्जेन्टिना छ । दोस्रो स्थानमा फ्रान्स छ भने दोस्रो स्थानमा अर्को दक्षिण अमेरिकी राष्ट्र ब्राजील रहेको छ ।

 

Post Comments