News चौबिसे कप पुरुष तथा महिला फुटबल प्रतियोगिताको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

राजारानी । चौबिसे गाउँपालिका, राजारानी, धनकुटाको आयोजनामा यही चैत २८ गतेदेखि शुरु हुन गईरहेको चौबिसे कप पुरुष तथा महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ ।

राजारानी फुटबल मैदानमा हुने प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ ८–८ टोलीहरुले सहभागिता जनाउँदै छन् । पुरुषतर्फ प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै महिलातर्फ विजेताले ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ ।

राजारानी फुटबल क्लब, राजारानी, धनकुटाको व्यवस्थापनमा हुन गईरहेको प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । प्रतियोगिताको फाइनल खेल भने बैशाख १ गतेका दिन हुनेछ ।

Post Comments