News सातौं अरहान्त मेमोरियल कपको रोमाञ्च जारी
गोलनेपाल

वालिङ । सातौं अरहन्त मेमोरियल कप अन्तर विद्यालय यु–१२ फुटबल प्रतियोगिताको रोमाञ्च वालिङ खेलमैदान, स्याङ्जामा जारी छ ।

प्रतियोगितामा पर्वत इङलिस बोर्डिङ स्कुल, भूपू इङलिस बोर्डिङ स्कुल, द एक्सिलेन्ट इङलिस बोर्डिङ स्कुल र बाल विद्याले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

पहिलो खेलमा पर्वतले पिस जोन बोर्डिङ स्कुललाई टाईब्रेकरमा ४–३ ले हरायो । त्यस्तै दोस्रो खेलमा भूपूले भुम्रे माविलाई ९–० को फराकिलो अन्तरले हरायो ।

तेस्रो खेलमा द एक्सिलेन्टले गल्याङ भूपू स्कुललाई १–० को साँघुरो अन्तरले हरायो । त्यसैगरी चौथो खेलमा बाल विद्याले नेम्सलाई समान १–० को अन्तरले हरायो ।

जित हात पारेका चारै टोलीहरु क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

विद्यालयस्तरदेखि नै युवा फुटबल खेलाडीहरुको स्तर र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ वालिङ युनाइटेड फुटबल क्लब, स्याङ्जाको आयोजनामा जारी प्रतियोगितामा १४ विद्यालयका यु–१२ फुटबल टोलीहरुले सहभागिता जनाएका छन् ।

 

Post Comments