News चौथो वडा अध्यक्ष कप बैशाख तेस्रो सातादेखि
गोलनेपाल

पुल्कोमुख । स्मृति युवा क्लब, लाम्पाटा, स्याङ्जाको आयोजना तथा २५६७औं बुद्ध जयन्तीको अवसरमा यही बैशाख २२ गतेदेखि चौथो वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

पुल्कोमुख, स्याङ्जा स्थित मातृभूमि खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी शुरु भईसकेको र टिमदर्ता पनि खुला गरिएको आयोजकले जानकारी दियो । बैशाख १९ गतेसम्म टिमदर्ता खुला गरिएको र टिमदर्ता शुल्क १०,५०० रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष भिम रानाले जानकारी दिए ।

 

 

Post Comments