News लिगमा आज तीन खेलः जावलाखेललाई शिर्षता जोगाउने चुनौति
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार दशौं चरणका तीन खेलहरु हुँदैछन् । जसअन्तरगत ३ बजे च्यासल स्टेडियममा लिगलिडर जावलाखेल युथ क्लब र संघर्षरत टोली नेपाल पुलिस क्लब भिड्ने छन् भने सोही समयमा दशरथ रंगशालामा एपिएफ र मच्छिन्द्र आमने सामने हुँने छन् । त्यस्तै दिनको अन्तिम खेलमा साँझ ६ बजेदेखि संकटा र फ्रेण्डस क्लब भिड्ने छन् ।

लिगमा ९ खेलबाट १७ अंकका साथ शिर्ष स्थानमा रहेको जावलाखेललाई आज सोही शिर्षता जोगाउने चुनौति हुनेछ । उता लिगमा ५ अंकका साथ पुछारमा रहेको पुलिसले जावलाखेलको शिर्षतालाई यात्रालाई चुनौति दिंदै आफू अनुकुल नतिजा निकालेर स्थान सुधारको प्रयासमा पनि हुनेछ ।

त्यसैगरी १३ अंक जोडेको मच्छिन्द्र र ११ अंक जोडेको एपिएफ क्रमशः आठौं र नवौं स्थानमा छन् । यी दुवै टोलीको योजना पनि आज निश्चित जित निकाल्दै लिगतालिकामा स्थान सुधार गर्नु हुनेछ ।

उता एक दिन अघि मात्र हिमालयन शेर्पा विरुद्ध फराकिलो जित निकाल्दै उत्साहित बनेको फ्रेण्डसले संकटा विरुद्ध आज लगातार दोस्रो जित निकाल्दै रेलिगेशन क्षेत्रको १३औं स्थानबाट बाहिर निस्किने योजनामा हुनेछ । १५ अंक जोड्दै सातौं स्थानमा रहेको संकटा भने आज आफू अनुकुल जित निकाल्दै शिर्ष स्थानमा उक्लिने दाउमा पनि छ ।

Post Comments