News फ्रेण्डससँग संकटा निराश
गोलनेपाल

काठमाडौं । एक समय रेलिगेशन क्षेत्रमा संघर्ष गर्न बाध्य फ्रेण्डस क्लबले बुधबार शहिद स्मारक ए डिभिजन लिगमा दावेदार संकटा क्लबमाथि प्रभावशाली जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा फ्रेण्डसले संकटालाई ३–१ ले हरायो र लिगतालिकामा पनि स्थान सुधार गर्न सफल भयो ।

खेलको चौथो मिनट मै कप्तान प्रकाश बुढाथोकीको गोलबाट फ्रेण्डसले खेलमा अग्रता बनाएको थियो । यद्यपि त्यो अग्रता फ्रेण्डसले धेरैबेर जोगाउन सकेन । उता संकटाका लागि नवौं मिनटमा जुनियर एनकेन्गुले बराबरी गोल फर्काए ।

तर फ्रेण्डसले खेलमा फेरि अग्रता बनाउन धेरैबेर पर्खन परेन । २४औं मिनटमा टोरिक जेबरिनले फ्रेण्डसका लागि दोस्रो गोल थपे । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा रफिक अमिनुले तेस्रो गोल गर्दै फ्रेण्डसको प्रभावशाली जित सुनिश्चित गरे ।

यो जितपछि १० खेलबाट ११ अंक जोडेको फ्रेण्डस लिगतालिकाको दशौं स्थानमा उक्लेको छ । पराजित संकटा भने १५ अंकका साथ सातौं स्थानमा छ । त्यस्तै बुधबार नै पुलिसमाथि १–६ को जित निकालेको जावलाखेल २० अंकका साथ शिर्ष स्थानमा छ ।

Post Comments