News प्रथम सैनामैना नगर फुटसल कपको सेमिफाइनल समिकरण पूरा
सुरज राना मगर

मुर्गिया । शनिबारदेखि शुरु भएको प्रथम सैनामैना नगरस्तरीय फुटसल कप प्रतियोगिताको पहिलो दिन सेमिफाइनल समिकरण पूरा भएको छ । सैनामैना–३, मुर्गिया स्थित कृपा फुटसलमा भएको पहिलो दिनको खेल पश्चात् पोल ए बाट शान्तिदिप युवा क्लब र न्यु बर्मा युथ क्लब सेमिफाइनलमा भिड्ने छन् भने पोल बी बाट आयोजक मुर्गिया एफसी ए र एसकेएस ट्याटु भिड्ने प्रतियोगिता संयोजक राकेश गुरुङ्गले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र शर्माले गरेका थिए । सो अवसरमा सैनामैना नगर खेलकुद विकास समितिका अध्यक्ष खिम श्रेष्ठ लगायतका अन्य अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।

खेल संयोजक राकेश गुरुङ्गका अनुसार प्रतियोगिताको दुई सेमिफाइनल र फाइनल खेल बैशाख १० गते आइतबारका दिन हुनेछ । सैनामैना नगरपालिकाको विशेष सहयोग तथा सैनामैना नगर खेलकुद विकास समिति, रुपन्देहीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङ्गले बताए ।

 

Post Comments