News बसाह फाइनलमा, उपाधिका लागि भोजपुरसँग भिड्ने
गोलनेपाल

जन्तेढुङ्गा । बसाह फुटबल क्लब यहाँ जारी प्रथम जन्तेढुङ्गा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा बसाहले भगवती स्पोर्टस क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

बसाहको जितमा ओस्कारले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता ओस्कार नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । बसाहले अब फाइनलमा बैशाख ११ गतेका दिन भोजपुर जिल्ला फुटबल संघसँग उपाधिका लागि भिड्ने छ ।

जन्तेढुङ्गा खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,५५,५०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments