News इरानसँग नेपालको झिनो हार
गोलनेपाल

काठमाडौं । जोर्डनमा बुधबारदेखि शुरु एएफसी यु–१७ महिला एसियन कप छनौटतर्फ नेपालले झिनो अन्तरको हारका साथ प्रतियोगिताको शुरुवात गरेको छ । समूह एचमा रहेको नेपालले बुधबार आफ्नो पहिलो खेलमा इरानसँग शुन्यका विरुद्ध १ गोलको हार बेहोर्यो ।

जर्गा स्थित प्रिन्स मोहम्मद स्टेडियममा भएको खेलमा पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेले तापनि दोस्रो हाफको अन्तिमतिर इरानले गोल गर्न सफल भएको थियो । ८१औं मिनटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी अरिसा कुह गर्डले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले नेपालकी गोलरक्षक सुजाता तामाङलाई बिट गर्दै खेलको निर्णायक गोल गरेकी थिईन् ।

नेपालले आफ्नो आगामी खेल शुक्रबार आयोजक जोर्डनसँग खेल्नेछ । समूह एचतर्फ नेपालसहित इरान र जोर्डन छन् । समूहको शिर्ष स्थान हासिल गर्ने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।

Post Comments