News आई लिगमा अनिताको टोली विजयी बन्दा सरुको टोली पराजित
गोलनेपाल

काठमाडौं । इण्डियन वुमन्स लिगको समूह बी तर्फ नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय अनिता बस्नेत र सरु लिम्बुको टोलीले मिश्रित नतिजा निकालेका छन् । लिगतर्फ आफ्नो पहिलो खेलमा बिहीबार अनिताको टोली लर्डस एफएले सेल्टिक क्वीन्स एफसीमाथि ४–० को जित निकाल्यो ।

शाहीबाग पुलिस स्टेडियममा भएको सो खेलमा अनिताले ७२औं मिनटसम्म मात्र खेलिन् । त्यसपछि उनको स्थानमा आकांक्षा कन्दलकर मैदान प्रवेश गरेकी थिईन् । लर्डस एफएको जितमा केमिले रोड्रिगेजले ह्याट्रिक गरिन् भने थप एक गोल फ्रेगरेन्स रिवानले गरेकी थिईन् ।

त्यस्तै समूह बी तर्फ कै अर्को खेलमा सरु लिम्बु र रेनुका नगरकोटी सम्मिलित किकस्टार्ट एफसीले हारका साथ सिजनको शुरुवात गर्न बाध्य बन्यो । ट्रान्सस्टाडियामा सम्पन्न खेलमा किकस्टार्टले इष्टर्न स्र्पोटिङ युनियनसँग १–० को हार बेहोर्यो ।

खेलमा सरु लिम्बुले पहिलो रोजाई मै रहेर टिममा स्थान बनाए तापनि रेनुका दोस्रो हाफको शुरुवाततिर मैदान प्रवेश गरेकी थिईन् । खेलमा इष्टर्नका लागि मोइरङथेम मन्दाकिनी देवीले एक मात्र निर्णायक गोल गरेकी थिईन् ।

स्मरण रहोस, लिगमा सहभागि कुल १६ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष चार टोलीहरु क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments