News भारतका े युवा टोलीले फेरि एटलेटिकोलाई हरायो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एएफसी यु–१७ एसियन कपको तयारीका लागि हाल स्पेन भ्रमणमा रहेको भारतको यु–१७ फुटबल टोलीले आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ ।

मेड्रिडमा सम्पन्न तेस्रो मैत्रीपूर्ण खेलमा भारतको युवा टोलीले एटलेटिको डि मेड्रिडको यु–१६ टोलीमाथि २–१ को जित निकाल्यो । भारतका लागि थाङलालसुन गांग्ते र लालपेखलुआले एक–एक गोल गरे । उता एटलेटिकोका लागि टेलोनले एक गोल फर्काएका थिए ।

स्मरण रहोस, भारतले आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा पनि एटलेटिकोमाथि ४–१ को जित निकालेको थियो । दोस्रो मैत्रीपूर्ण खेलमा भने लेगानेससँग २–० ले पराजित भएको थियो ।

जुनको पहिलो सातादेखि थाइल्याण्डमा शुरु हुन गईरहेको एएफसी यु–१७ एसियन कपतर्फ भारत समूह डी मा परेको छ । जहाँ भारतले दुई पूर्वविजेता टोलीहरु जापान, उज्वेकिस्तान र भियतनामसँग खेल्नेछ ।

 

Post Comments