News लिगलिडर जावलाखेललाई संकटाको चुनौीत, आर्मी र मनाङको खेल पनि आजै
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आज च्यासल स्टेडियममा ३ बजेदेखि संकटा क्लब र लिगलिडर जावलाखेल युथ क्लब भिड्दै छन् । २३ अंकका साथ शिर्ष स्थानमा रहेको जावलाखेललाई आज सोही शिर्षता कायम राख्ने चुनौति हुनेछ ।

त्यस्तै १५ अंकका साथ ११औं स्थानमा झरेको संकटालाई आज आफू अनुकुल नतिजा निकाल्दै लिगतालिकामा स्थान सुधार गर्ने अवसर पनि हुनेछ । लिगमा जावलाखेल आज आठौं जितको खोजीमा हुनेछ भने संकटा पाँचौं जितको खोजीमा मैदानमा उत्रिनेछ ।

त्यस्तै दशरथ रंगशालामा आर्मी र हिमालयन शेर्पा भिड्दै छन् । जुन खेल पनि ३ बजेदेखि शुरु हुनेछ । १२ खेलबाट १९ अंकका साथ चौथो स्थानमा रहेको आर्मीले आज सकरात्मक नतिजा निकाल्दै शिर्ष तीनको होडमा आफ्नो उपस्थितिलाई बलियो बनाउने योजनामा हुनेछ । त्यस्तै १३ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा संघर्ष गरिरहेको शेर्पा आज निश्चित जित र अंक हासिल गर्दै रेलिगेशनको त्रासबाट मुक्त हुने प्रयासमा हुनेछ ।

दिनको अन्तिम खेलमा साँझ ६ बजेदेखि दशरथ रंगशालामा चर्च ब्वाईज युनाइटेड र मनाङ मस्र्याङ्दी क्लब भिड्ने छन् । पछिल्लो पाँच खेलमा पराजित मनाङ १५ अंकका सथ नवौं स्थानमा छ र आज जितको लय समाउँदै स्थान सुधारको लक्ष्यका साथ मैदानमा उत्रिनेछ । त्यस्तै १८ अंकका साथ पाँचौं स्थानमा रहेको चर्च ब्वाईजको ध्यान भने आज शिर्ष तीन मै उक्लिने हुनेछ ।

 

Post Comments