News केरलाको लगातार दोस्रो जित र साम्बाको दोस्रो ह्याट्रिक
गोलनेपाल

काठमाडौं । इण्डियन वुमन्स लिगको साविक विजेता समेत रहेको गोकुलम केरलाले लिगतर्फ आफ्नो दोस्रो खेलमा पनि फराकिलो अन्तरको जित हात पारेको छ । पहिलो खेलमा इस्ट बंगाललाई ८–२ ले पराजित गरेको केरलाले आफ्नो दोस्रो खेलमा स्पोर्टस ओडिसामाथि ८–१ को जित निकाल्यो ।

केरलाको जितमा नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारी नै स्टार बनिन् । इस्ट बंगाल विरुद्ध ५ गोल गरेकी साबित्राले शनिबार ओडिसा विरुद्ध चार गोल गनिर र जारी लिगमा आफ्नो गोलसंख्या ९ पुर्याईन् । त्यस्तै केरलाका लागि थप दुई गोल विवियन अडजेइले गरिन् भने कप्तान दाङमेइ ग्रेस र शिल्की देवीले एक–एक गोलको योगदान दिए । उता

ओडिसाका लागि सुमित्रा हेम्ब्रमले एक गोल फर्काएकी थिईन् । स्मरण रहोस, ओडिसामा नेपालकी अर्की उदियमान फरवार्ड रेखा पौडेल पनि छिन् । तर उनले शनिबार केरला विरुद्ध अपेक्षाकृत प्रदर्शन गर्न सकिनन् ।

समूह ए कै अर्को खेलमा इस्ट बंगालले कहानी फुटबल क्लबलाई १–० ले हराउँदै लिगमा पहिलो जित दर्ता गर्न सफल भयो ।

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FTheIndianFootballTeam%2Fposts%2Fpfbid023EfWYjTUZYgCWbNUBjN725oGJ4RJiJXzUXmp7qcF5HJTqZPbs8nACsXz7uhPRzHsl&show_text=true&width=500" width="500" height="616" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

 

Post Comments