News लिगमा शनिबार स्थगित भएका खेलहरु आइतबार हुने
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शनिबार हुने भनिएका तीन खेलहरु भारी वर्षा र प्रतिकुल मौसमका कारण स्थगित भएको छ । साथै उक्त खेलहरु आइतबार हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

दशरथ रंगशालामा भएको हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल ७२औं मिनटमा आइपुग्दा रोकिन पुगेको थियो । त्यतिबेलासम्म खेल १–१ को बराबरीमा थियो । एन्फाका अनुसार शेर्पा र आर्मी बीचको बाँकी समयको खेल आइतबार दशरथ रंगशालामा ४ः३० बजेदेखि सुचारु हुनेछ ।

त्यस्तै च्यासल स्टेडियममा भएको जावलाखेल र संकटा बीचको खेल पनि आइतबार एन्फा कम्प्लेक्स्मा १ बजेदेखि शुरु हुनेछ । सो खेल दोस्रो हाफको पाँचौं मिनटसम्म जावलाखेलले ंसंकटा विरुद्ध १–० को अग्रता कायम गरेको थियो । सोही समयबाट नै आइतबार खेल पूनः सूचारु हुने एन्फाले जनाएको छ ।

त्यसैगरी शनिबार दशरथ रंगशाला मै ६ बजेदेखि शुरु हुने भनिएको चर्च ब्वाईज युनाइटेड र मनाङ मस्र्याङ्दी क्लबबीचको खेल भने शुरु नहुँदै स्थगित भएको छ । उक्त खेल पनि आइतबार ३ः३० बजेदेखि एन्फा कम्प्लेक्समा हुनेछ ।

बेलुका ६ बजे दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लब भिड्ने कार्यक्रम पनि छ ।

Post Comments