News मिस्टर बी एसइइ कप शुरु
गोलनेपाल

गोरखा । द ओसन क्लब, गोरखाको आयोजना तथा मिस्टर बी प्रा.लि.को मुख्य प्रायोजनमा मिस्टर बी एसइइ कप युथ फुटबल प्रतियोगिता शुरु भएको छ । दलभञ्ज्याङ स्थित आयोजक क्लबको कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगिताको पहिलो दिन तीन खेलहरु सम्पन्न भए ।

जसअन्तरगत हरमटारी क्लबले बिजुली युनाइटेड क्लबलाई २–१ ले हरायो । त्यस्तै दोस्रो खेलमा मनास्लु वल्र्ड कलेजले गोरखा इलाईटमाथि १३–० को फराकिलो जित निकाल्यो । त्यस्तै तेस्रो खेलमा आयोजक द ओसन क्लबले बालमन्दिर माविमाथि ६–१ को जित दर्ता गर्यो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच गोरखा जिल्ला फुटबल संघका अध्यक्ष बिशाल गुरुङले गरेका थिए । नकआउटका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले ७ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए ।

 

Post Comments