News मनाङबाट अलग भए मुख्य प्रशिक्षक किरन
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलका चर्चित र सफल क्लब मध्ये एक मनाङ मस्र्याङ्दी क्लबका मुख्य प्रशिक्षक किरन श्रेष्ठ क्लबसँगको जिम्मेवारीबाट अलग भएका छन् । यो कुराको पुष्टी मनाङले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पनि जानकारी गराएको छ ।

जारी ए डिभिजन लिगमा लगातार ६ हारका साथ खरा लयमा देखिएको मनाङ लिगतालिकाको दशौं स्थानमा छ । क्लबको प्रदर्शनमा प्रशिक्षकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने हुँदा मनाङको प्रदर्शनलाई लिएर क्लब र प्रशिक्षक दुवै दबाबमा पनि थिए ।

यद्यपि क्लबले प्रशिक्षक किरनले व्यक्तिगत कारण जनाउँदै क्लबबाट अलग भएको जनाएको छ । स्मरण रहोस, किरन श्रेष्ठ कै प्रशिक्षकीय जिम्मेवारीमा मनाङले हालै बुटवलमा सम्पन्न तिलोत्तमा गोल्डकप जितेको थियो भने प्रतिष्ठित खप्तड गोल्डकपको फाइनलमा समेत पुगेको थियो ।

Post Comments