News साबित्राको दुई गोलमा केरलाको जितको ह्याट्रिक
गोलनेपाल

काठमाडौं । साबित्रा भण्डारीले आफ्नो गोलस्कोरिङ लयलाई कायम राख्दा इण्डियन वुमन्स लिगमा डिफेन्डिङ च्याम्पियन गोकुलम केरलाले लगातार तेस्रो जितका साथ ह्याट्रिक पूरा गरेको छ ।

समूह ए तर्फ केरलाले आफ्नो तेस्रो खेलमा मंगलबार होप्स फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । केरलाको जितमा साबित्राले दुई गोल गरिन् भने थप एक गोल रोजा देवीले गरिन् । जारी लिगमा साबित्राको गोल संख्या ११ पुगेको छ र सर्वाधिक गोलकर्ताको सूचीमा उनी शिर्ष स्थानमा पनि छिन् ।

त्यस्तै समूह ए कै अर्को खेलमा मिसाका फुटबल क्लब र मुम्बई नाईटस एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

जारी लिगमा सहभागि कुल १६ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments