News यु–१६ सेभेन ए साईड फुटबल प्रतियोगिता हुने
गोलनेपाल

भानु । श्री सिजन युवा क्लब, भानु नगरपालिका–१, तनहुँको आयोजनामा आउँदो जेठ १५ गतेदेखि यु–१६ सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको लागि आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जनाएको छ ।

साथै प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । र टिमदर्ता शुल्क २५००+३०० तोकिएको छ । त्यस्तै टिमदर्ता गर्ने अन्तिमति जेठ १४ गतेसम्म तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततपर्ः पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले ज ानकारी दियो ।

त्यसैगरी सो अवसरमा ३० वर्ष माथिको भेट्रान्स फुटबल प्रतियोगिता पनि आयोजना गरिने आयोजकले जनाएको छ । त्यसका लागि टिमदर्ता शुल्क ३ हजार तोकिएको छ । साथै पुरस्कार राशी भने प्रतियोगितामा सहभागिता जनाउने टिम संख्या अनुसार तय गरिने पनि आयोजकले जनाएको छ ।

Post Comments