News रियल मेड्रिडसँग भारतको रोमाञ्चक बराबरी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एएफसी यु–१७ एसियन कपको तयारीका हाल स्पेन भ्रमणमा रहेको भारतको यु–१७ फुटबल टोलीले त्यहाँ स्पेनिस महारथी रियल मेड्रिडको यु–१७ टोलीसँग रोमाञ्चक बराबरी खेलेको छ । स्पेन भ्रमणर्फ भारतले आफ्नो चौथो खेलमा रियलसँग ३–३ गोलको रोमाञ्चक बराबरी खेलेको हो ।

भारतको युथ टोलीले अहिलेसम्म खेलेको कुल चार मध्ये तीनमा जित र एक खेलमा हार बेहोरेको छ । एटलेटिको मेड्रिड विरुद्धको दुई मैत्रीपूर्ण खेलमा भारतले ४–१ र २–१ को जित निकालेको थियो भने लेगानेससँग २–० ले पराजित भएको थियो ।

स्मरण रहोस, आउँदो जुन महिनामा थाइल्याण्डमा हुन गईरहेको एएफसी यु–१७ एसियन कपतर्फ भारत समूह डी मा रहेको छ । जहाँ भारतले दुई पूर्व विजेता जापान र उज्वेकिस्तानसँगै भियतनामसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments