News बिजयको गोलले जोगियो बीबीसी
गोलनेपाल

काठमाडौं । बिजय गुरुङले खेलको अन्तिमतिर इन्जुरी समयमा गोल फर्काएपछि शहिद स्मारक उ डिभिजन लिगको अन्तिम खेलमा ब्रीगेड ब्वाईज क्लब (बीबीसी) ले बराबरीका साथ लिगको समापन गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा बीबीसीले १–१ को बराबरी खेलेको हो । पहिलो हाफको अन्तिमतिर आशिष लामाले गोल गर्दै एपिएफलाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए ।

तर अन्तिमतिर इन्जुरी समयमा बिजय गुरुङले बीबीसीका लागि बराबरी गोल फर्काए । यो नतिजापछि १३ खेलबाट २ जित, ३ बराबरी र ८ हारका साथ ९ अंक जोडेको एपिएफ अंकतालिकाको १२औं स्थानमा छ ।

उता बीबीसीको पनि समान अंक र आँकडा भए तापनि गोल भिन्नताका आधारमा एपिएफ भन्दा पछि पर्दै १३औं स्थानमा रहेर लिगको समापन गरेको छ ।

Post Comments