News लिगमा आज 'डर्बी' भिडन्त
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आजलेदि १७औं चरणका खेलहरु शुरु हुँदैछन् । जसअन्तरगत च्यासल स्टेडियममा ३ बजेदेखि शुरु हुने एक मात्र खेलमा 'ललितपुर डर्बी' भिडन्तका रुपमा फ्रेण्डस क्लब र जावलाखेल युथ कलब भिड्दै छन् ।

१६ खेलबाट २७ अंक जोडेको जावलाखेल लिगतालिकाको दोस्रो स्थानमा छ । र आज जित हात पार्न सके शिर्ष स्थानमा उक्लिने अवसर पनि छ । उता १९ अंकका साथ ११औं स्थानमा रहेको फ्रेण्डस आज जावलाखेल विरुद्ध आफु अनुकुल नतिजा निकाल्दै लिगतालिकामा स्थान सुधारको प्रयासमा हुनेछ ।

पछिल्लो समय सुधारिएको प्रदर्शन गरिरहेको फ्रेण्डस र शिर्षताको होडमा रहेको जावलाखेल बीचको ललितपुर डर्बी भिडन्त रोमाञ्चक पनि हुने अनुमान गरिएको छ ।

Post Comments