News चर्च ब्वाईजलाई आर्मीको टक्कर, थ्रीस्टार, मच्छिन्द्र र सातदोबाटोको खेल पनि आजै
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आज तीन महत्वपूर्ण खेलहरु हुँदैछन् । दशरथ रंगशालामा ३ बजेदेखि शुरु हुने खेलतर्फ लिगको दोस्रो स्थानमा रहेको चर्च ब्वाईज युनाइटेडले बलियो प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्दैछ । चर्च ब्वाईजले आज जित वा बराबरी मात्र निकाल्न सके पनि शिर्ष स्थानमा उक्लिने छ । उता २१ अंकका साथ आठौं स्थानमा रहेको आर्मीलाई पनि शिर्ष तीनको टोली नजिक पुग्ने सम्भावना पनि छ । र चर्च ब्वाईजलाई बलियो चुनौति दिने पनि निश्चित छ ।

च्यासल स्टेडियममा ३ बजेदेखि नै शुरु हुने अर्को हेभिवेट भिडन्तमा मच्छिन्द्र फुटबल क्लब र थ्रीस्टार भिड्दै छन् । २५ अंकका साथ लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारले आज निश्चित अंक बटुल्न सके, शिर्ष तीनको होडमा आफ्नो सम्भावनालाई थप बलियो बनाउनेछ । उता २४ अंकका साथ चौथो स्थानमा रहेको मच्छिन्द्रको ध्यान पनि शिर्ष तीन मै हुनेछ ।

त्यसैगरी साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुने खेलमा २३ अंकका साथ पाँचौं स्थानमा रहेको सातदोबाटो तथा २२ अंकका साथ छैठौं स्थानमा रहेको एपिएफ भिड्ने छन् । यी दुई टोलीको लक्ष्य पनि आफु अुनुकल नतिजा निकाल्दै शिर्ष तीनतिरै लम्किने हुनेछ ।

Post Comments