News साफ च्याम्पियनसिपको उद्घाटन मै नेपाल र कुवेतको भिडन्त
गोलनेपाल

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार नयाँदिल्लीमा निकालेको १४औं साफ च्याम्पियनसिपको फाइनल ड्र अन्तरगत समूह ए मा रहेका नेपाल र आमन्त्रित टोली कुवेत २१ जुनका
दिन उद्घाटन खेलमै भिड्ने भएका छन् । जुन खेल नेपाली समयअनुसार ३ः४५ बजेदेखि हुनेछ ।

स्मरण रहोस, बुधबार निकालिएको ड्र अनुसार कठिन मानिएको समूह ए मा नेपाल, कुवेतसँगै आयोजक तथा साविक विजेता भारत र पाकिस्तान पनि रहेका छन् । त्यस्तै समूह बी मा अर्को आमन्त्रित टोली लेबनानसँगै माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

बैंगलोर स्थित श्री कान्तिरवा स्टेडियममा हुने प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल २४ जुनका लागि भारतसँग खेल्नेछ । जुन खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेदेखि शुरु हुनेछ । त्यस्तै समूह चरणको अन्तिम खेलाम नेपालले २७ जुनका दिन पाकिस्तानसँग खेल्नेछ । जुन खेल नेपाली समयअनुसार ३ः४५ बजेदेखि शुरु हुनेछ ।

प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलतर्फका दुवै खेलहरु जुलाई १ तारीखका दिन हुनेछ । त्यस्तै फाइनल खेल भने जुलाई ४ तारीखका दिन हुनेछ ।

Post Comments