News फिफा यु–२० विश्वकपमा अर्जेन्टिनाको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । शनिबार अबेर रातीदेखि शुरु प्रतिष्ठित फिफा यु–२० विश्वकपमा आयोजक तथा दावेदार मध्ये एक ६ पटकको विजेता अर्जेन्टिनाले विजयी शुरुवात गरेको छ ।

समूह ए मा रहेको अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा एसियाली राष्ट्र उज्वेकिस्तानलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । समूह ए मै रहेको अर्को टोली न्युजिल्याण्डले पनि विजयी शुरुवात गर्ने क्रममा ग्वाटेमालालाई शून्यका विरुद्ध १ गोलले हरायो ।

त्यस्तै समूह बी तर्फको खेलमा अमेकिारले इक्वेडरमाथि १–० को जित निकाल्यो । सोही समूहमा रहेको स्लोभाकियाले फिजीमाथि ४–० को सहज जित हात पार्यो ।

प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने चार टोलीहरु गरि कुल १६ टोलीहरु नकआउट चरणमा प्रवेश गर्नछन् । युक्रेन प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।

Post Comments