News निश्चित जितको खोजीमा मच्छिन्द्र, मनाङ र संकटा
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आइतबारदेखि २०औं चरणका शुरुवाती तीन खेलहरु हुँदैछन् । जसअन्तरगत च्यासल स्टेडियममा दिनको ३ बजेदेखि शुरु हुने खेलमा मच्छिन्द्र फुटबल क्लब र एनआरटी भिड्दै छन् । हाल १९ खेलबाट ३१ अंकका साथ लिगतालिकाको तेस्रो स्थानमा रहेको मच्छिन्द्र आज लिगलिडर चर्च ब्वाईजसँगको दुरी छोट्याउने प्रयासमा हुनेछ ।

त्यति मात्र नभएर आज जित हात पार्न सके मच्छिन्द एक अंक अगाडी रहेको्र जावलाखेललाई उछिन्दै दोस्रो स्थानमा उक्लन पनि सक्छ । उता २३ अंकका साथ लिगतालिकाको नवौं स्थानमा रहेको एनआरटी भने मच्छिन्द्रको त्यो योजनामा बाधक बन्न सक्छ ।

त्यस्तै दशरथ रंगशालामा ३ बजेदेखि नै शुरु हुने अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबको सामना गर्दैछ । पछिल्ला केही खेलहरुमा जितविहीन मनाङ २३ अंकका साथ आठौं स्थानमा छ । र आज छैठौं जितको खोजीमा हुनेछ । मनाङ भन्दा एक अंकले पछि एपिएफ दशौं स्थानमा छ । र, आज आफु अनुकुल नतिजा निकाल्दै स्थान सुधारको प्रयासमा हुनेछ ।

दिनको अन्तिम खेलमा साँझ ६ बजेदेखि दशरथ रंगशालामा जावलाखेल युथ क्लब र संघर्षरत टोली संकटा घिड्दै छन् । ३२ अंकका साथ दोस्रो स्थानमा रहेको जावलाखेलले शिर्षताको होडमा आफूलाई कायम राख्न आज निश्चित जित निकाल्नु पर्नेछ । उता रेलिगेशन क्षेत्रभन्दा दुई स्थान माथि ११औं स्थानमा रहेको संकटासँग २२ अंक छ । र, रेलिगेशन क्षेत्रको त्रासबाट बाहिर निस्किन संकटालाई आज पुरानै लयमा फर्कदै जित हात पार्नुको अन्य विकल्प पनि छैन ।

त्यसैले पनि आज लिगमा हुने तीनै खेलहरु रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने निश्चित प्रायः छ ।

Post Comments