News लिगमा २०औं चरणको अन्तिम दुई खेलहरु आज
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ मंगलबार लिगको २०औं चरणको अन्तिम दुई खेलहरु हुँदै छन् । एन्फा कम्प्लेक्समा ३ बजेदेखि शुरु हुने खेलमा थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् भने सोही समयदेखि दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र पुछारको टोली एफसी खुमलटार आमने सामने हुँदैछन् ।

१९ खेलबाट २६ अंकसहित लिगतालिकाको छैठौं स्थानमा रहेको थ्रीस्टार आज सातौं जितको खोजीमा हुनेछ । र, शिर्ष तीनका टोलीहरुलाई दबाब चुनौति दिन आजको खेल जित्नैपर्ने दबाब पनि थ्रीस्टारलाई हुनेछ । उता २२ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थान मात्र माथि रहेको पुलिस पनि सातौं जितको खोजीमा हुनेछ । र आज आफू अनुकुल नतिजा निकाल्न सके विभागीय टोलीले स्थान सुधार गर्न पनि सफल हुनेछ ।

उता २९ अंकका साथ चौथो स्थानमा रहेको सातदोबाटोलाई आज जित हात पार्दै शिर्ष तीनको होडमा आफूलाई यथावत राख्ने अवसर हुनेछ । त्यस्तै १८ अंकका साथ पुछारमा रहेको खुमलटारमाथि रेलिगेशनको त्रास कायम छ । र, त्यो त्रासबाट बाहिरिन उसलाई आजको खेल जित्नैपर्ने दबाब पनि हुनेछ ।

Post Comments