News यु–२० विश्वकप? कोरियासँग फ्रान्स स्तब्ध, इङल्याण्डको जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी फिफा यु–२० विश्वकपतर्फ समूह एफ मा रहेको सनु २०१३ को विजेता फ्रान्सले प्रतियोगितामा खराब शुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा फ्रान्सले एसियाली राष्ट्र दक्षिण कोरियासँग १–२ को हार बेहोर्दै खराब शुरुवात गर्न बाध्य बनेको हो ।

अर्जेन्टिनी शहर मेन्डोजामा सम्पन्न खेलको २६औं मिनटमा लि सियुङ वनको गोलबाट कोरियाले खेलमा अग्रता बनाएको थियो । सोही अग्रतालाई कोरियाले पहिलो हाफसम्म कायम पनि राख्यो । त्यस्तै दोस्रो हाफको ६४औं मिनटमा लि योङ जुनले कोरियाका लागि दोस्रो गोल थपे जुन खेलको निर्णायक गोल पनि बन्यो ।

उता फ्रान्सले केही मिनट लगतै पेनाल्टीको अवसर पाएको थियो जसलाई ७०औं मिनटमा एलन भर्जिनियसले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए । यो हारले फ्रान्सलाई भने नकआउट चरणमा प्रवेश गर्न थप दबाब थपिएको छ । समूह एफ कै अर्को खेलमा गाम्बियाले होण्डुरसलाई समान २–१ ले हराउँदै विजयी शुरुवात गर्यो ।

इङल्याण्ड र उरुग्वे सफल

त्यस्तै सन् २०१७ को विजेता इङल्याण्डले पनि प्रतियोगितामा विजयी शुरुवत गरेको छ । समूह ई मा रहेको इङल्याण्डले आफ्नो पहिलो खेलमा ट्निसियालाई १–० ले हरायो । इङल्याण्डका लागि खेलको २५औं मिनटमा डेन स्कारलेटले गरेको एक मात्र गोल निर्णायक बन्यो । सोही समूहको अर्को खेलमा उरुग्वेले इराकमाथि ४–० को प्रभावशाली जित निकाल्यो ।

Post Comments