News चर्च ब्वाईजलाई मनाङको चुनौति, फ्रेण्डसलाई रेलिगेशन क्षेत्र छाड्ने अवसर
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आज दुई रोमाञ्चक खेलहरु हुँदैछन् । च्यासल स्टेडियममा ३ बजेदेखि शुरु हुने खेलमा लिगलिडर चर्च ब्वाईज युनाइटेडलाई आज संघर्षरत टोली मनाङ मस्र्याङ्दी क्लबले चुनौति पेश गर्नेछ ।

२० खेलबाट २४ अंकका साथ लिगतालिकाको ११औं स्थानमा झरिसकेको मनाङ आज सिजनको पाँचौं जितको खोजीमा हुनेछ । उता ३७ अंकका साथ शिर्ष स्थानमा रहेको चर्च ब्वाईजले आज आफू अनुकुल नतिजा निकाल्न सके शिर्ष स्थानमा थप दुरी बढाउन सफल हुनेछ । हाल चर्च ब्वाईज दोस्रो स्थानको टोली मच्छिन्द्र भन्दा २ अंकले मात्र अगाडी छ ।

त्यस्तै एन्फा कम्प्लेक्समा ३ बजेदेखि नै शुरु हुने अर्को खेलमा सातदोबाटो युथ क्लब र फ्रेण्डस क्लब भिड्ने कार्यक्रम छ । पछिल्लो समय केही लय गुमाएको सातदोबाटो २९ अंकका साथ चौथो स्थानमा छ । र आज निश्चित जित निकाल्दै शिर्ष तीनमा आफ्नो पकड बलियो बनाउने योजनामा हुनेछ । उता २१ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा रहेको फ्रेण्डस भने रेलिगेशन क्षेत्रबाट बाहिर निस्किन प्रयासरत रहनेछ । त्यसका लागि प्राटने क्लबलाई निश्चित जित बाहेक अर्को विकल्प छैन ।

Post Comments