News
स्थानीय प्रतियोगितालाई पुजनको सहयोग
धुलाबारी । राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर पुजन उपरकोटीले आफ्नो गृहजिल्ला झापामा हुने स्थानीय फुटबल प्रतियोगितालाई प्रोत्साहन स्वरुप सहयोग गरेका छन् ।
झापाको धुलाबारीमा यही जेठ २० देखि २७ गतेसम्म हुन गईरहेको स्व. प्रविन ग्वाल स्मृति फुटबल प्रतियोगितालाई पुजनले पहिलो र दोस्रो ट्रफी सहयोग गरेका हुन् । स्थानीय फुटबललाई प्रवद्र्धन र प्रोत्साहन र्न आफूले सानो भए पनि सहयोग गरेको पुजनले बताए ।
स्मरण रहोस, लायन फुटबल क्लब, धुलाबारी, झापाको आयोजनामा हुन गईरहेको प्रतियोगितामा कुल १० टोलीहरु सहभागि छन् । ईष्ट होराइजन माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा