News अर्को ए डिभिजन खेलाडी पनि अष्ट्रेलिया प्रस्थान
गोलनेपाल

काठमाडौं । पछिल्लो समय अस्तव्यस्त बनेको नेपाली फुटबलको माहौल कै कारण कतिपय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु विदेशिने क्रम जारी छ । अहिले यही सूचीका अर्का ए डिभिजन खेलाडी सुनिल श्रेष्ठ पनि थपिएका छन् ।

यस सिजन संकटा क्लबका लागि लिग खेलिरहेका युवा फरवार्ड सुनिलले लिग बिचैमा छाड्दै अष्ट्रेलियालाई गन्तव्य बनाएका छन् । चितवनका स्थानीय वासिन्दा सुनिलले पहिलो फ्रेन्चाईज नेपाल सुपर लिगमा घरेलु टोली एफसी चितवन कै लागि समेत खेलेका थिए ।

भारतीय सेनामा समेत कार्यरत रहेका सुनिलले सेनाको जागिर भने छाडेका छन् । उनले अब अष्ट्रेलियामा त्यहाँको एमेच्योर क्लब डार्विन हर्टसबाट खेल्ने पनि बताइएको छ ।

पछिल्लो समय अष्ट्रेलिया नेपाली खेलाडीहरुको राम्रो वैदेशिक गन्तव्य बन्दै आइरुहेका छ । नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित सदस्यहरु सुजल श्रेष्ठ, बिशाल राई, सुनिल बल, रञ्जित धिमाल, दर्शन गुरुङ, शिव गुरुङ एलन न्यौपाने जस्ता खेलाडीहरु पनि अष्ट्रेलिया मै छन् । र यो सूची लामो पनि छ ।

Post Comments