काठमाडौं । महिला र बाल हिंसा विरुद्धको अभियानमा अखिल नेपाल फुटबल संघ (एन्फा) र गैर नाफामूलक सामाजिक संस्था साथीले सहकार्य गर्ने सम्झौता भएको छ । महिला र बाल हिंसा अन्त्य गर्ने उद्देश्यका साथ शुरु हुने अभियनका लागि एन्फा र साथी संस्थाबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर समेत सम्पन्न भयो ।
आगामी तीन वर्षका लागि गरिएको सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा एन्फाको तर्फबाट महासचिव किरन राई र साथी संस्थाको तर्फबाट अध्यक्ष सजनी अमात्यले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरे । सम्झौता बमोजिम दुवै पक्षले महिला र बाल हिंसा विरुद्ध सहकार्य गर्नेछन् ।
अभियान अन्तरगत एन्फा मातहत हुने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता र गतिविधीहरुमा एन्फाले महिला तथा बाल हिंसा विरुद्धको नारासहितको सन्देशमूलक ब्यानर प्रयोग गरि सचेतना जगाउने कार्य पनि गर्नेछ ।
स्मरण रहोस, सन् १९९२ मा स्थापित भएको साथी संस्थाले विभिन्न क्षेत्रमा रहेर नेपाली महिला तथा बालबालिकाहरुको हकहितमा काम गर्दै आईरहेको छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान