News दोस्रो न्यु दोभान कप हुने
गोलनेपाल

बेनी । न्यु दोभान युथ क्लब, बेनी–७, म्याग्दीको आयोजनामा तथा क्लबका पूर्व अध्यक्ष स्व. अनन्त गिरीको स्मृतिमा आगामी भदौ २३ देखि २६ गतेसम्म दोस्रो न्यु दोभान कप खुला नाईन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

बेनीबजार स्थित खुला मञ्च मैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको आयोजक क्लबका अध्यक्ष उपेन गिरीले जानकारी दिए । साथै टिमदर्ता शुल्क ३५ सय तोकिएको पनि अध्यक्ष गिरीले बताए । त्यस्तै धरौटी वापत थप ५ सय बुझाउनु पर्ने उनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments