काठमाडौं । भुवनेश्वर स्थित कालिंगा स्टेडियममा जारी इन्टरकन्टिनेन्टल कपमा दुई दावेदार टोली आयोजक भारत र लेबनानले बिहीबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजासँगै प्रतियोगिताको फाइनलमा पनि भारत र लेबनान प्रवेश गर्न सफल भएका छन् ।
समूह चरणको खेलहरुको समाप्ती पश्चात ३ खेलबाट ७ अंक जोडेको भारत शिर्ष स्थानमा रहेर फाइनलमा प्रवेश गर्यो । त्यस्तै ५ अंक जोडेको लेबनान दोस्रो स्थानमा रहेर फाइनलमा प्रवेश गर्न सफल भयो ।
बिहीबार नै भएको समूह चरणको अर्को खेलमा भानुआटुले मंगोलियालाई १–० ले हरायो र ३ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्रतियोगिता समापन गर्यो । त्यस्तै आफ्नो दोस्रो खेलमा बलियो लेबनानलाई बराबरीमा रोकेर सनसनी मच्याएको मंगोलिया भने १ अंकका साथ पुछारमा रहेर प्रतियोगिताको समापन गर्न बाध्य बन्यो ।
साफ च्याम्पियनसिपको तयारी प्रतियोगिताका रुपमा हेरिएको इन्टरकन्टिनेन्टल कपको फाइनल जुन १८ तारीख आइतबारका दिन हुनेछ ।
स्मरण रहोस, साफ च्याम्पियनसिपतर्फ समूह ए मा रहेको भारतले बलियो कुवेतसँगै नेपाल र पाकिस्तानको सामना गर्नेछ । त्यस्तै समूह बी मा रहेको लेबनानले बंगलादेश, माल्दिभ्स र भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल