News लेबनानको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । साफ च्याम्पियनसिपतर्फ यसपटक उपाधिको दावेदार मध्ये एक मानिएको पाहुना टोली लेबनानले प्रतियोगिताको १४औं संस्करणमा सुखद शुरुवात गरेको छ । प्रतियोगिता अन्तरगत समूह बी मा रहेको लेबनानले बिहीबार बंगलादेशलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।

बैंगलोर स्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा बलियो लेबनानले बंगलादेशविरुद्ध गोल गर्न भने अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो । जुझारु प्रदर्शन गरेको बंगलादेशले लेबनानलाई पहिलो हाफ गोलरहित बराबरीमा रोके तापनि दोस्रो हाफको अन्तिम दश मिनट सम्हालिन सकेन ।

खेलको ८०औं मिनटमा कप्तान हसन मातुकले लेबनानका लागि पहिलो गोल गरेका थिए । बंगलादेशी खेलाडीको गल्तीको फाईदा उठाउँदै हसनलेले लेबनानका लागि शुरुवाती गोल गरेका थिए । त्यस्तै खेलको इन्जुरी समयमा खलील बडेरले दोस्रो गोल थप्दै लेबनानको जित पक्का गरेका थिए ।

लेबनानले आफ्नो आगामी खेल आइतबार भुटानसँग खेल्नेछ भने सोही दिन बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments