घोराही । दाङको घोराहीमा जारी प्रथम लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीता अन्तर्गत राप्ती क्लबले शानदार जित हात पारेको छ । खेलमा राप्ती क्लबले चौघेरा क्लबमाथि ५–० को जित निकालेको हो ।
राप्ती क्लबका पाँचौं मिनटमै अमित चौधरीले पहिलो गोल गरेका थिए । त्यस्तै १९औं मिनटमा फागु थारुले त्यो अग्रता दोब्बर पारे । २९औं मिनटमा फागुले नै व्यक्तिगत दोस्रो तथा राप्तीका लागि तेस्रो गोल गरे ।
खेलमा एकपक्षीय जित निकालेको राप्तीका लागि दोस्रो हाफको शुरुवाती मिनटमै सुबास बुढाले चौथो गोल गरे भने दोस्रो हाफकै ३२औं मिनटमा फागु थारुले टोलीका लागि पाँचौं गोल गर्दै आफ्नो ह्याट्रिक पनि पूरा गरे । यो जितसँगै राप्ती प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
नेपाल मगर संघ दाङको आयोजनामा घोराहीको नवलपुर खेल मैदानमा जारी प्रतियोगीताको फाइनल खेल यहि फागुन १५ गतेका दिन हुनेछ । प्रतियोगिता अन्तरगत फागुन ६ गते मंगलबारको खेल घोराही स्पोर्टस् क्लब र नवलपुर युबा क्लबबीच हुने खेल संयोजक प्रेम बुढाले जानकारी दिए ।
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- दाङका दुई खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि चीन प्रस्थान, प्रशिक्षक लवटलाई दाङबासीको धन्यवाद
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक