News
झापा: सैनिक ढडुवा कपको सेमिफाइनलमा
झापाको हल्दिबारी ३ मा जारी प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबल प्रतियोगितामा सैनिकको एनसीएफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
भद्रपुरको विशालपुर एफसीमाथि कठिन जित निकाल्दै सैनिकले अन्तिम चारमा स्थान बनाएको हो ।
प्रतिस्पर्धात्मक खेलमा सैनिकका लागि समिर गुरुङले गरेको गोल नै निर्णायक बनेको थियो । खेलको १०औँ मिनेटमा समिरले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच सैनिकका उत्सव राई भए ।
ढडुवा एफसीले आयोजना गरेको प्रतियोगितामा मंगलबार आयोजकको बी टिमसँग जलथल एफसी हल्दिबारीले अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।
Post Comments
Related News
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक