News आयोजक संकल्प समूहलाई फुटसल उपाधि
सुरज राना मगर

बुटवल । लागु औषध दुरुपयोग तथा अवैध लागु औषध ओासारपसार विरुद्ध दिवसको अवसरमा आयोजित पूर्नस्थापना केन्द्र फुटसल प्रतियोगिताको उपाधि आयोजक संकल्प समूहले जितेको छ ।

सैनामैना–३, मुर्गिया स्थित कृपा फुटसल एण्ड फिटनेसमा आयोजित प्रतियोगिताको फाइनलमा संकल्प समुहले फ्रिडम फाउण्डेसनलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

विजेता बनेको आयोजक संकल्पले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता फ्रिडम फाउण्डेशनले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी फ्रिडम फाउण्डेशनका जनक क्षेत्री घोषित भए भने उत्कृष्ट गोलरक्षक संकल्प समूहका शंकर कुँवर चुनिए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार आस्था समूहका रमेश मल्लले हात पारे ।

विजयी खेलाडीहरुलाई सैनामैना नगरपालिका वार्ड नम्बर ४ का अध्यक्ष राम प्रसाद अधिकारी, खेल संयोजक दृष्टि राना, सैनामैना खेलकुद विकास समितिका सदस्य सन्तोष मल्ल, मुर्गिया फुटबल क्लबका अध्यक्ष प्रबिन भारी, युवा अभियन्ता श्री दर्लामी मगर लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

संकल्प समूह, सैनामैना–५, बुद्धनगर, रुपन्देहीको आयोजनामा भएको एक दिने प्रतियोगितामा कुल १३ टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई आयोजक समूहका अध्यक्ष रितेश कुमार थापाले धन्यवाद र आभार प्रकट गर्दै आगामी दिनहरुमा सबैको साथ र सहयोगको अपेक्षा राखेको बताए ।

युवाहरुलाई दुव्र्यसन र गलत बाटोमा लाग्नबाट जोगाउन प्रतियोगिता आयोजना गरिएको बताउँदै अध्यक्ष थापाले यस्ता खेल गतिविधीहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने बताए ।

Post Comments